तीन बैंकद्वारा लिलामीको सूचना
बैकिङ कसुर तथा सजाय ऐनअनुसार सजायको भागी रहेर हालसम्म फरार रहेका अभियुक्तहरूको शेयर लिलामी शुरू भएको छ।
नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेड (एनएसएम)का तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ तथा गोरखा विकास बैंकमा निक्षेकर्ताको हितविपरीत कार्य गरेका आरोप लागेका राकेशकुमार अडुकिया, रुचि जजोदिया र पुनम खेतानको अन्य बैंक तथा वित्तीय संस्थामा रहेका शेयरहरू लिलाम बढाबढबाट बिक्री गर्न शुरू गरिएको हो।
नेपाल राष्ट्र बैंकले बैकिङ कसुर ऐनअनुसार कारबाही गर्न गृह मन्त्रालयमार्फ नेपाल प्रहरीलाई परिचालन गरेपछि श्रेष्ठ, अडुकिया, जजोदिया र खेतान फरार रहेका छन्। श्रेष्ठले एनएसएमका करिब २ अर्ब रुपियाँ बराबरको ऋण हिनामिना गरेको अभियोग लगाइएको छ भने अडुकियो, जजोदिया र खेतानलाई गोर्खा विकास बैंकमा आबद्ध रहेर विभिन्न जालसाजीमा ऋणको कारोबार गरी निक्षेपकर्ताको हितविपरीत कारोबार गरेको आरोप लगाइएको छ।
चारैजना अभियुक्तले अन्य बैंकमा रहेको शेयर धितो राखेर लिएको कर्जाको सावाँ एवम् ब्याज भुक्तानी समय बितेपछि बैंहरूले निजको नाममा रहेको करिब १८ लाख कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको हो।
एनएसएमका पर्ूवकार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ र निजकै स्वामित्वमा रहेको स्टार होल्डिङ प्रालिको नाममा सिटिजन्स बैंक इन्टरनेसनलमा ६ लाख ५४ हजार ४ सय ५ कित्ता शेयर धितो रहेको छ। स्टार होल्डिङको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको २ लाख ८२ हजार ३ सय ७ कित्ता संस्थापक शेयर, नारायणी नेसनल फाइनान्समा रहेको २ लाख ८४ हजार ४ सय ९२ कित्ता संस्थापक शेयर र सोही फाइनान्सको श्रेष्ठको नाममा रहेको ८७ हजार ६ सय ६ कित्ता संस्थापक शेयर लिलामीको लागि प्रक्रिया शुरू भएको छ। नेपाल शेयर मार्केट्समा ऋण दुरूपयोग भएको र्सार्वजनिक भएलगत्तै श्रेष्ठ फरार रहेका छन्।
गोरखा विकास बैंकमा अनियमितता भएको र्सार्वजनिक भएदेखि फरार रहेका अडुकिया, जजोदिया र खेतानले एनआइसी बैंकमा लक्ष्मी बैंक, सिर्द्धार्थ डेभलपमेन्ट बैंक, एनर्डर्ीइपी डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक, बुटवल पावर कम्पनी, गोर्खा डेभलपमेन्ट बैंक, आइएलएफसी लिमिटेड, प्राइम कमर्सियल बैंक, भिबोर विकास बैंकका कुल ९ लाख ८१ हजार कित्ता शेयर धितो राखी ऋण लिएका थिए। गोरखा विकास बैंकका पर्ूवकार्यकारी अध्यक्ष डीबी बमजनलाई नेपाल प्रहरीको केन्द्रीय जाँचबुझ इकाई -सीबीआई)ले पक्राउ गरी थप अनुसन्धान गरिरहेका छन्।
उक्त बैंकका थप अभियुक्तहरू हालसम्म फरार नै रहेका छन्।
नेपाल मेन्था प्रोडक्सन प्रालिका प्रबन्ध सञ्चालक राकेशकुमार अडुकिया, कृषि प्रेमुरा होल्डिङ प्रालि र नेपाल रेमिट्यान्स प्रालिका सञ्चालक रुचि जजोदिया र पुनम खेतानले एनआइसी बैंंक र बैंक अफ एसियाबाट विभिन्न बैंक तथा वित्तीय संस्थाको साधारण शेयर धितो राखी ऋण लिएका थिए। तिनीहरूले एनआईसी बैंकमा सबैभन्दा बढी लक्ष्मी बैंकको ४ लाख ९१ हजार कित्ता शेयर धितो राखी ऋण लिएका छन्। त्यसै गरी बैंक अफ एसियामा २ लाख ८ हजार ४ सय ४४ कित्ता लक्ष्मी बैंकको शेयर धितो राखी ऋण लिएका थिए।
तिनीहरूले एनआईसी बैंकमा आईएलएफसी लिमिटेडको ९५ हजार ८ सय ४३ कित्ता, प्राइम कमर्सियल बैंकको ३ हजार ५ सय ८६ कित्ता, भिबोर विकास बैंकको १८ सय ७० कित्ता गोर्खा डेभलपमेन्ट बैंकको २ लाख ७२ हजार कित्ता, सिर्द्धार्थ डेभलपमेन्ट बैंकको ९२ हजार कित्ता, बुटवल पावरको ५ सय कित्ता, एनडेप डेभलपमेन्ट बैंकको ६ हजार ५ सय कित्ता, माछापुच्छ्रे बैंकको १५ हजार कित्ता शेयर धितो राखी ऋण लिएका छन्।
बाबुकृष्ण महर्जन (काठमाडौं)